गल्फमा बिलाएका हजार सपना
Video: https://www.youtube.com/watch?v=e5R9Ur44XV8 (The Guardian — Qatar World Cup 2022: migrant workers forced to work for no pay) — embed after the line "हेर्नुस कतारका नेपालीहरुको अबस्था :"
जब मुलुकमा कुनै सम्भावनाको संकेत देख्दैन उ र लाखौ ऋण काढेर भए पनि बिदेशिन चाहान्छ । नेपालीहरु कामका लागी गल्फ कन्ट्रीमा ठुलो सपना बोकेर गएका हुन्छन । उनिहरुका प्राथमिकतामा सबथोक परिबारलाई सुख सयलमा राखौला, छोरा छोरी राम्रो स्कुलमा पढाउला भन्ने नै हुन्छ । अझ भनौ सपना,कल्पना नै त्यही हो ।
हजारौ नेपाली युबायुबती त मानौ खसी बोका झै गरी खरीद बिक्री हुन्छन । अहिले मान्छेको दलालीको बिगबिगी छ ।यस्तै दलालको फन्दामा परी पहिलो पटक काठमान्डू छिरेकाहरु राजधानी आएको भोली पल्टनै दलालको हात समाएर बिदेश हानिन्छ्न । यसरी गल्फ छिर्नेको संख्या दिन प्रति दिन बढ्दो छ । अहिले कतारमा भएको नेपाली प्रतिको चरम शोषण र थिचोमिचो बारे ब्रिटिश पत्रिका गार्जियनले बिश्व सामू यसको खुलासा गरिदिएको छ ।
कतारले २०२२ मा गर्न लागेको बिश्वकपलाई मध्य नजर गरेर हजारौ नेपाली कामदारका रुपमा भित्र्याएको छ । उसले कामदार त लग्यो तर दिनु पर्ने सुबिधा बाट नेपाली हरु लाई बन्चित गराएको छ । उक्त पत्रिकाले त्यहाका नेपाली कामदारहरुलाई लिएको अन्तर्बार्ता सुन्दा लाग्छ त्यो अबसर हैंन शोषण हो , र कहिल्यै बिदेश नजाऊं जस्तो ।उनिहरु बस्ने ठाऊँ,पकाउने किचन, प्रयोग गर्ने कपड़ा हेर्दा दयनीय देखिन्छ |
उनिहरुलाई १२०० रियलमा सम्झौता गरेर लगेको भए पनि सो अनुरूप पैसा पाउनु त कता हो कता ९०० रियल पनी चार महीना सम्म नदिदा उनिहरु हायल कायल बनेका छन । अर्काको देशमा रगत रगत र पसिना बगाएर कमाएको पैसा पनी परिबार लाई पठाउन नपाएको, बिभिन्न अत्याचार को सिकार भएको भनी स्थानीय प्रहरी देखि नेपाली राजदूताबासमा समेत निबेदन, धर्ना नदिएका भने हैंनन नेपालीले तर भन्छन कसले सुन्दिने हाम्रो ब्यथा ?
प्रत्येक दिन नेपालमा बिदेश बाट कयौ लाशहरु फर्कने गर्छन । बिलाएका सपना संगै काठको बाकसमा छोरा फर्कदा उनिहरुको मन फाटेर आउछ र पोल्छ छोरा बिदेश पठाउदाको ऋण सम्झेर । यस्ता होनहार युबाहरुको श्रम सदुपयोग कहिले,कसले गर्ने ? यसको उत्तर भने अनिश्चय कै गर्भ मै रहेको छ ।
हेर्नुस कतारका नेपालीहरुको अबस्था :